काठमाडौं – सर्वोच्च अदालतले पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो ।
क्रिकेटर सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, क्रिकेट खेल्न विदेश जान पाउने
