आजको मौसम : तत्काल हिमपात र पानी पर्ने सम्भावना छैन

काठमाडौं – हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन । जसकारण तत्काल वर्षा र हिमपातको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा हुस्सु कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।यसैगरी, राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया  सफा रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्