फिजम ग्रामर इन्टर स्कुल फुटवलको उपाधिका लागि नेक्सस स्कुल बेष्ट ग्रुप भीजन स्कुल भिड्ने

काठमाडौं – फिजम ग्रामर इन्टर स्कुल फुटवल प्रतियोगिता अन्तर्गत आज सेमी फाइनलका खेल भएका छन् । सेमिफाईनलमा आज पहिलो खेल बेष्ट ग्रुप भीजन स्कुल र मोनाष्टिक पब्लिक स्कुल बीच भएको छ भने दोस्रो खेल नेक्सस स्कुल र ग्रामर स्कुलबीच भएको  कार्यक्रम संयोजक तथा सचिव सुनिल केसीले बताउनुभयो ।


जसमा बेष्ट ग्रुप भीजन स्कुल र नेक्सस स्कुल फाईनलका लागि छनोट भएका छन् । आज सेमिफाईनलको पहिलो खेलमा मोनाष्टिक पब्लिक स्कुललाई पराजित गर्दै बेष्ट ग्रुप भीजन स्कुल १-० गोलअन्तरले विजयी भएको छ । जसमा सम्योग लामाले गोल गरेका थिए ।


यस्तै अर्को खेलमा ग्रामर स्कुललाई पराजित गर्दै नेक्सस स्कुल ५-० गोलअन्तरले विजयी भएको छ । अब २१ गते हुने फाईनल खेलमा नेक्सस स्कुल र बेष्ट ग्रुप स्कुल उपाधिका लागि भिड्नेछन् । यसैगरी ग्रामर स्कुल र मोनाष्टिक स्कुल तेस्रोको लागि २१ नै भिड्ने जनरल कोअर्डिनेटर ज्ञानु श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्