मझगाउँ विमानस्थल निर्माण पुनः सुरु, निकुञ्ज प्रशासन र नेपाली सेनाले काम नरोक्ने सहमति

कञ्चनपुर– मझगाउँ विमानस्थल निर्माण पुनः सुरु हुने भएको छ । जग्गा विवादका कारण यसअघि निर्माण अघि बढेको कार्य रोकिएको थियो । कागजातबिना मध्यवर्ती क्षेत्रमा पर्ने रत्न बाटिकामा सरसफाई गरेको भन्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हस्तक्षेप गरी निर्माण कार्य रोकेको थियो ।

अहिले जग्गा प्राप्तिको प्रक्रियासँगै निकुञ्ज प्रशासन र नेपाली सेनाले काम नरोक्ने सहमति जनाएपछि निर्माण पुनः सुरु हुने भएको हो । उक्त सहमतिपछि निर्माण कम्पनी कान्छाराम–केएस–उमा एन्ड कम्पनीले काम पुनः सुरु गर्न लागेको हो ।

विमानस्थलको दक्षिणतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको रत्नबाटिका र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खेल मैदान रहेको जमिनको भोगाधिकार नपाउँदा निर्माण रोकिएको थियो । विगतमा निर्माण चलिरहेकै बेला निकुञ्ज प्रशासनले निर्माण कम्पनीका ६ जना कामदारसहित उपकरण नियन्त्रणमा मुद्दा चलाएपछि गत चैत १७ गतेदेखि काम रोकिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहित भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरलगायत नेपाली सेना, निर्माण कम्पनीका प्रतिनिधिलगायतको छलफलले निर्माणमा अवरोध नगर्ने लिखित सहमति भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्