रवि लामिछानेको नागरिकताबारे स्पष्ट थाहा पाउनु जनताको अधिकार : कानुनविद् डा. बस्नेत

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले रवि लामिछानेको नागरिकताबारे स्पष्ट थाहा पाउनु जनताको अधिकार भएको बताएका छन् ।

‘नागरिकता जस्तो ईस्युलाई सामान्य लिनु हुँदैन।अझ देशको सत्तामा बस्नेहरुको त हरदम मनिटरिङ्ग भैरहनु पर्छ ।’ डा. बस्नेतले भने, ‘यो देशको सुरक्षासंग जोडिएको हुन्छ ।’ लामिछानेले आफ्नो नागरिकता पुनः कायम गराउँदा प्रकृया मिचेको र पुरा कागजात नबुझाएको खबरहरु बाहिर आइरहेको बेला डा. बस्नेतको यस्तो टिप्पणी आएको हो । बस्नेतले जिल्ला प्रशासन कार्यालयले जनतालाई स्पष्ट पार्नुपर्ने माग समेत राखेका छन् । जिल्ला प्रशासन कार्यालयले स्पष्ट गरोस्, जनताले थाहा पाउने अधिकार राख्दछ ।’ डा. बस्नेतले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्