नुवाकोट । तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौं; जिल्ला सामुदायिक आँखा केन्द्र विदुर, नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त प्रयासले १२४ जनाको आँखाको ज्योति फर्किएको छ । भाद्र २३, २४ र २५ गते गरी ३ दिनसम्म जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको भवनमा नि:शुल्क शल्यक्रिया शिविर संचालन भएको थियो । यसअघि जिल्लाका विभिन्न स्थानमा नि:शुल्क मोतिबिन्दु छनौट शिविर संचालन गरिएका थिए । तिनै शिविरहरुबाट छनोट गरिएका बिरामीको नि:शुल्क शल्यक्रिया सम्पन्न भएको जिल्ला सामुदायिक आँखा केन्द्र, नुवाकोटका नेत्र अधिकृत तारा बहादुर वाइबाले जानकारी दिए । शिविरलाई सम्पन्न गर्न सहयोग गर्ने सबैलाई जिल्ला सामुदायिक आँखा केन्द्रले धन्यवाद ज्ञापन गरेको छ ।
तस्बिरहरु: