काठमाडौ – काठमाडौ महानगरपालिकाले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको बारे बालेनले दिए स्पष्टिकरण
काठमाडौँ – काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा स्पष्टिकरण दिएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा विभिन्न ५ वटा बुदा लेखेर मेयर बालेनले स्पष्टिकरण दिएका हुन् । मेयर बालेनले कर र महसुल फरक कुराहरु भएको बताएका छन् । ‘ हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुराहरु हुन् ।’ उनले भने, ‘हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुईजना साथीहरुको सापटी रकम जसरी मिलान गर्न सकिदैन । नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउदछौँ ।’
हेर्नुहोस् बालेनले लेखेको स्पष्टिकरण