काठमाडौँ – टीभीएस अपाचेको बीएस-भीआई मोडलको अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच जगदम्बा मोटर्सले नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो।
नयाँ बाइकमा ३ राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) रहेका छन् । साथै अन्य विभिन्न आकर्षक फिचरहरु पनि बाइकमा रहेका छन् ।