काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ ।
शनिवार बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । उपत्यकालाई नै केन्द्रबिन्दु भएकोले ठुलो धक्का महशुस भएको हो । धक्का महशुस भएपछि स्थानीय त्रसित हुनुका साथै सडक तथा घरबाहिर निस्किएका छन् ।