सम्पर्कविहीन विमानमा एकै परिवारका ४ जना सवार

File Photo

काठमाडौँ – पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता तारा एयरको जहाजमा सवार ४ जना गोरखाका रहेको पाइएको छ । जहाजमा सवार २२ जनामध्ये चारजना गोरखाको सहिद लखन गाउँपालिका–५ तीनमाने स्थायी ठेगाना भएका गणेशनारायण श्रेष्ठ परिवार रहेका छन ।

गणेशनारायण श्रेष्ठ श्रीमती रश्मिसहित छोरीहरु रोजिना र रविना मुस्ताङ घुम्न गएका उनका आफन्तले जनाएका छन् । गणेशनारायणकी जेठी छोरी रोजिना र कान्छी छोरी रविना केही साता अघिमात्रै अमेरिकाबाट नेपाल आएका थिए ।

उनका आफन्तका अनुसार श्रेष्ठ छोरीहरु अमेरिकाबाट फर्केको खुसीमा पारिवारिक घुमघामका लागि निस्केका थिए । श्रेष्ठ परिवारका सबैको फोन अहिले अफ रहेको छ ।

पोखराबाट आइतबार बिहान ९ः५५ बजे उडेको तारा एयरको जहाज १०ः०७ बजेदेखि सम्पर्कविहीन भएको छ । जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना यात्रु छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्