‘लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा सरकारको नीति के हो ?’ : सांसद ठगुन्ना (भिडियो सहित)

काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सदस्य तथा दार्चुलाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले सरकारको नीति तथा कार्यक्रम गम्भिर मुद्दामा विचलन भएको बताएका छन् । शनिबार संसदमा बोल्दै सांसद ठगुन्नाले राज्यको र सरकारको प्रमुख दायित्व भौगोलिक अखण्डताको सुरक्षा गर्ने र राष्ट्रिय स्वाधिनताको सुरक्षा गर्नु भए पनि यो सरकारले राष्ट्रियताको सुरक्षा गर्न नसकेको ठोकुवा गरे । सांसद ठगुन्नाले भने, ‘राज्यको र सरकारको प्रमुख दायित्व भौगोलिक अखण्डताको सुरक्षा गर्ने र राष्ट्रिय स्वाधिनताको सुरक्षा गर्नु हो । यो निति र कार्यक्रम यो गम्भिर मुद्दामा विचलन भएको यो निति र कार्यक्रममा पाईन्छ । आज भन्दा २ बर्ष अगाडी आर्थिक बर्ष २०७७÷७८ को निति र कार्यक्रममा र यो निति र कार्यक्रमको तुलना गर्ने हो भने हामी यो गम्भिर मुद्दामा सरकारको विचलन प्रस्ट
रुपमा देखिन्छ ।’

सांसद ठगुन्नाले अगाडी थपे , ‘हामी सबैलाई थाहा छ । यहि सार्वभौम संसदले सर्वसम्मति का आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको ३३५ वर्ग किलोमिटर भूमी नेपालको नक्सामा समावेश गरेर हामी अगाडी बढेका थियौं राष्ट्रिय एकताका साथ तर आज यो निति र कार्यक्रमको बुंदा नं. १३९ मा के भनिएको छ भने “ऐतिहासिक सन्धि नक्सा तथ्य र प्रमाणका आधारमा कुटनितिक माध्यमबाट सिमा सम्बन्धमा बाकि रहेका विषय समाधान गरिने छ ।’ त्यो भूमी नेपालको हो आज भन्दा ६० बर्ष पहिले नेपाली जनताहरु दार्चुलाबासी जनताहरुले त्यँहाबाट लिपुलेक भएर ताक्लाकोटमा व्यापार गर्थे ।’

आज भन्दा ६० बर्ष अगाडी त्यहाँका जनताहरु नेपालको मालपोत कार्यालयमा तिरो तरेको समेत सांसद ठगुन्नाले स्मरण गराए । सरकारले आफ्नै भूमीको लागि त्यो भूमिलाई भारतीय अतिक्रमणबाट फिर्ता लिने कुरा राख्नु को सट्टा अहिले अब नक्सा तथ्य प्रमाण लिएर हामीले कहा जाने ? सरकारलाई प्रश्न गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्