ओलीलाई देउवाको जवाफ – ‘निर्वाचनको प्रक्रिया र परिणाममा शंका गर्नु उपयुक्त हुँदैन’

File Photo

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले छिटफुट घटनालाई लिएर स्थानीय तह निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त नहुने बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष हुन नसकेको भनेपछि जवाफमा देउवाले यस्तो जवाफ दिएका हुन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा शनिबार प्रधानमन्त्री देउवाले देशमा एकैपटक चुनाव गर्नु चुनौतीपूर्ण भएको बताए । सीमित स्रोत साधनका बाबजुद शान्तिपूर्ण र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न भएको बताए । उनले अघि भने, ‘छिटफुट घटनालाई दिएर निर्वाचनको समग्र प्रक्रिया र परिणमममा संशय व्यक्त गर्नु उपयुक्त हुन्न । सार्वभौम जनता नै निर्णयक शक्ति भएकाले जनमतको कदर गर्नु विकल्प छैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्