काठमाडौंमा सार्वजनिक बिदाकाे दिन सरकारी सवारी साधन चलाउन राेक

File Photo

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको साहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए ।

‘अब अत्यवश्यक भए जिप्रकाबाट पास जारी हुन्छ नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइन्न,’ पौडेलले भने, ‘पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको छ ।’ इन्धन खपत कम गर्ने भन्दै सरकारले १ जेठदेखि लागू हुने गरी आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्