महाकाली नगरपालिकाका प्रमुख चैसिर र उपप्रमुख विष्टले गरे पदभार ग्रहण

दार्चुला – दार्चुलाको महाकाली नगरपालिकाका नयाँ जनप्रतिनिधिहरुले पदबहाली गरेका छन् । जिल्ला सदमुकाममा रहेको महाकाली नगरपालिकाको नगर प्रमुख नरसिंह चैसिर र उप प्रमख दुर्गा खत्री विष्टले बिहिबार पदभार ग्रहण गरेका हुन् । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट महाकाली नगरपालिकाको नगर प्रमुखमा चैसिर र उपप्रमुखमा विष्ट निर्वाचित भएका थिए । आजै मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा जिल्ला न्यायधिश कोमलप्रसाद आचार्यले सपथ ग्रहण गराएपछि महाकाली नगरपालिकाको कार्यालयमा दुबै जनाले पदभार ग्रहण गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्