कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी

कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।

मेयरमा कांग्रेसका भोजराज बोहरा ८ हजार ७८ मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी एमालेकी सुशिला सिंहले ४ हजार ७ सय ४० मत प्राप्त गरिन्।

माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र राप्रपाका बमबहादुर बमले १ हजार ७५१ मत ल्याएर पराजित भए। उपमेयरमा पनि कांग्रेसकै तुलशी जोशी विजयी भएकी छिन्। उनले ७ हजार २५४ मत प्राप्त गरेकी छन्। उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५ हजार ७२७ मत र गठबन्धनबाट माओवादीकी हिरा जैशीले ३ हजार ६५२ मत प्राप्त गरेकी हुन्। २०७४ सालको चुनावमा यहाँ एमालेले चुनाव जितेकाे थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्