काठमाडौँ महानगर – बालेन शाहले २० हजार मत कटाए, स्थापित साढे ९ हजार मत भन्दा धेरैले पछाडी

काठमाडौँ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार मत कटाउनु भएको छ ।

महानगरको पछिल्लो मत परिणामअनुसार ५४ हजार ४ सय ८९ मत गन्दा बालेन शाहले २० हजार ६ सय ७९ मत प्राप्त गर्नु भएको छ । उहाँ एमालेका उम्मेदवार केशव स्थापितभन्दा ९ हजार ५ सय ७६ मतले अगाडि हुनुुहुन्छ । स्थापितले अहिलेसम्म ११ हजार १ सय ३ मत प्राप्त गर्नु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५ सय ५६ मत प्राप्त गर्नु भएको छ । उपमेयरमा एमालेकी सुनिता डङ्गोलको फराकिलो अग्रता कायमै छ । उहाँले अहिलेसम्म २० हजार ७ सय ३ मत ल्याउनु भएको छ। एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ५ सय ३३ मत पाउनु भएको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्