गुल्मीको रेसुङ्गा– २ र ३ मा काँग्रेस विजयी

गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिकमा वडानम्बर–२ र ३ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

वडानम्बर–२ मा नेपाली कांग्रेसका हिराबहादुर थापा निर्वाचित भएका छन् । थापाले ४८२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमाल कुँवरले ३९० मत ल्याएर पराजित भएका छन् । यो वडामा यो वडामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

त्यस्तै नगरको वडानम्बर–३ मा नेपाली कांग्रेसका बाबुराम खत्री वडाअध्यक्षमा निर्वाचित भएका छन् । खत्रीले ५९० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मानबहादुर घर्तीले ५४८ मत ल्याएर पराजित भएका छन् । यो वडामा यो वडामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । नरपालिकाको मेयरमा पनि कांग्रेसकै अग्रता रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्