दार्चुला – दार्चुलामा मतदान गरेर फर्किएका एक बृद्धको मृत्यु भएको छ । महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मृत्यु भएको स्थानीय एमाले नेता ज्ञानेन्द्र घर्तीले जानकारी दिए ।
सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेर फर्किने बेला बुढाथोकीको मृत्यु भएको उनले बताए ।