काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाले ५ वर्षमा गरेका कार्यहरुको सूची सार्वजनिक गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष जितेका धर्मानन्द सिंह मन्याल नेतृत्वको स्थानीय सरकारले आफ्नो कार्यकालमा भएका ३२ कामको सूची सार्वजनिक गरेको हो । सिद्धमकरीकोटको बाटो देखि एक घर एक धारा अन्तर्गत ९० प्रतिशत घरधुरीहरुमा शुद्ध खानेपानीका चाङ सहित धारा निर्माण कार्य सम्मपन्न गरेको सूची सार्वजकि गरेको हो ।
अपिहिमाल गाउँपालिका सरकारले ५ वर्षे कार्यकालमा गरेका मुख्य कार्यहरु
- देशकै नमुना सिद्धमकरीकोट सिढि बाटो ८८८२ खुडकिलाको सिडी निर्माण कार्य सम्पन्न उन्मुख रहेको ।
- अपिहिमाल गाउँपालिका भित्रका एकल पुरुषहरुको तथ्याङ्क संकलन गरि एकल पुरुषहरु लार्इ मासिक १०००का दरले भत्ता दिने कार्यक्रम संचालनमा ल्याएको छ।
- अपिहिमाल गाउँपालिकाको आयोजनामा गाउँपालिकाका विभिन्न वडाहरुमा अपाङ्गता शिविर संचालन गरी अपाङ्गगता परिचयपत्र वितरण गर्नुका साथै ग र घ वर्गका अपाङ्गहरुलाई ५०० र ३०० सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको ।
- अपिहिमाल गाउँपालिकाका ६ वटै वडाहरुमा बर्थिङ्ग सेन्टर निर्माण गरि स्वास्थ्य सेवामा सुधार भएको छ ।
- स्वास्थ्य सेवामा थप पहुँच बढाउन १० शैया अस्पतालको ठेक्का सम्झौता भई निर्माणधिन अवस्थामा रहेको छ ।
- शिक्षा क्षेत्र सुधार कार्यक्रम मार्फत शैक्षिक गुणस्तर उकास्ने काम भएको छ ।
- विद्यालय भवनहरु निर्माण कार्य भएको छ ।
- गरिव तथा जेहेन्दार विद्यार्थीहरुको सहजताको लागि छात्र,छात्रावास निर्माण गरिएको छ ।
- स्थानीय अल्पंख्यकहरुका बालबालिकाहरुलाई नि:शुल्क शिक्षा सुविधा दिईएको छ ।
- शिक्षाको पहुँच बढाउन विद्यालय क्षेत्र भन्दा टाढा रहेका बस्तीहरुमा बाल बिकास केन्द्रहरुको स्थापना गरि शिशु कक्षाहरु संचालनमा ल्याएको छ ।
- अपिहिमाल गाउँपालिका भित्र संचालित १-८ विद्यालयलाई १-१० र शिशु कक्षा लाई १-३ को स्वीकृति दिई संचालनमा ल्याईएको छ ।
- गरिबि निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्तर्गत बिशेष गरि एकल/दलित/जनजाती र विपन्न वर्गहरुलाई सिप विकास तालिम सहित प्रविधि हस्तारन्तरण गरि उद्यमी सृजना गरिएको छ ।
- प्राविधिक शिक्षा ग्रहणका लागि पालिका/जिल्ला बाहिर जानुपर्ने बाध्यात्मक अवस्थालाई कम गर्न अपिहिमाल गाउँपालिकामै प्राविधिक शिक्षा कृषिको अनुमती लिई संचालनमा रहेको छ ।
- अपिहिमाल गाउँपालिका भित्र एक घर एक धारा अन्तर्गत ९० प्रतिशत घरधुरीहरुमा शुद्ध खानेपानीका चाङ सहित धारा निर्माण कार्य सम्पन्न भएको छ।
- अपिहिमाल गाउँपालिकामा जिविको पार्जन थुप्रै सम्भावनाहरु रहे सँगै विभिन्न वडामा ३३५ कृषकहरुलाई व्याव्सायिक रुपमा तरकारी खेतीका माध्यमबाट आत्मनिर्भर बनाउन प्लाष्टिक घर निर्माण गरिएको छन् ।
- धुवा मुक्त अपि कार्यक्रम अन्तर्गत नि:शुल्क रुपमा एक घर एक ग्यास सिलेन्डर चुलो वितरण गरिएको छ ।
- उज्यालो अपि कार्यक्रम अन्तर्गत वडा नं. ६ का लागि मज्जेखोला लघु जलविद्युत आयोजना वडा नं. ३ र ४ का लागि घट्टेखोला लघुविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको, वडा नं. ५ लाई राष्ट्रिय प्रशारण लाईनसँग जोड्ने सहकार्य भएको छ भने वडा नं. १ र २ का लागि ११० बाट को सोलार मिनिग्रेडका लागि टेन्डर कार्य भएको छ ।
- अपिका बस्ती हिलो मुक्त बस्ति अन्तर्गत PCC (पिसिसि) बाटो निर्माण कार्य सम्पन्न उन्मुख रहेको छ ।
- राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सेवा इकाई द्धारा अपिहिमाल गाउँपालिकाका ६ वटै वडा कार्यालयको २८ स्थानमा व्यक्तिगत घटना दर्ता सत प्रतिशत पुर्याउने लक्ष्कासाथ शिविर सञ्चालन गरियो ।
- सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गरियो ।
- अपिहिमाल गाउँपालिका का ६ वटै वडाकार्यालयबाट अनलाईन घटना दर्ता गर्ने प्रकृया भैसकेको छ ।
- विभिन्न समयमा आएको अविरल बर्षाका कारण बाढी पहिरोबाट क्षति पुगेका घरधुरीलाई राहत स्वरुप नगद तथा वस्तुगत सहयोग उपलव्ध गराएको छ ।
- अपिहिमाल गाउँपालिकाको प्रशासकिय भवनको ठेक्का सम्झौता भई निर्माणाधिन अवस्थामा रहेको छ ।
- अपिहिमाल गाउँपालिकाले आकस्मिक सेवाका लागि प्रदेश राजधानी सम्म जेष्ठ नागरिक र दिर्घरोगीहरुलाई नि:शुल्क यातायात सेवा उपलव्ध गराउने एम्बुलेन्स खरिद गरि संचालनमा ल्याएको छ ।
- बहुक्षेत्रिय पोषण कार्यक्रम कार्यान्यवयन गरि बिशेष गरि सुनौला १००० दिने आमा तथा बालबालिकाहरुको पोषण अवस्थामा सुधार भएको छ ।
- अपिहिमाल गाउँपालिका आफैमा पर्यटकिय सम्भावना बोकेको हुँदा खण्डेश्वरी हुँदै अपि वेश क्याम्प सम्मको पर्यटकिय पदमार्ग निर्माण कार्य भै रहेको छ ।
- अपिहिमाल गाउँपालिकाले जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम संचालनमा ल्याएको छ ।
- अपिहिमाल गाउँपालिकाले विशेष गरि सुनौला १००० दिने आमा र बच्चाहरुको स्वास्थ्य अवस्थालाई मध्य नजर गरि उपाध्यक्ष कोशेली कार्यक्रम संचालनमा ल्याएको छ ।
- रैथाने अन्न बालिहरु (जौ, आलु, राजुमा, कोदो, फापर, मर्सि, मसला बाली) को संरक्षण तथा प्रवर्द्धन गर्ने कार्य गरिएको छ ।
- भेडा बाख्रा खरिद तथा वितरण गरि कृषकहरुलाई व्याव्सायिक रुपमा आत्मनिर्भर गराउनुका साथै उन उत्पादनमा वृद्धि गराउने कार्य भएको छ ।
- प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बर्षेनी बेरोजगार युवा युवतीलाई १०० दिन बराबरको रोजगारी दिने कार्य भएको छ ।
- प्रधानमन्त्री स्वरोजगारको सुचीमा नपरेका वेरोजगारहरुका लागि निरज तानसेन कार्यक्रम संचालन गरि योजना दिने कार्य भएको छ ।