नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरसको सङ्क्रमणका कारण ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरेको छ ।
सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सर्कुलर जारी गरी पूर्वनिर्धाति ठूला भेला तथा जनसभा हाललाई स्थगित गरिएको जानकारी गराउनुभएको छ । पार्टी तथा जनवर्गीय सङ्गठनका सबै तहका कमिटीका बैठक आयोजना गर्ने भने रोकाबट गरिएको छैन । पार्टीका सङ्गठित सदस्य र साधारण सदस्यको सदस्यता नवीकरणसम्बन्धी कार्यलाई निर्धा्रित समयभित्र सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउन उहाँले निर्देशन दिनुभएको छ ।
सर्कुलरमा पार्टी जिल्ला कमिटीले कोरोना भाइरस र त्यसबाट जोगिने उपायका सम्बन्धमा जानकारीमूलक पर्चा तयार गर्ने र आफ्नो जिल्लाका प्रत्येक घर र व्यक्तिसमक्ष पु¥याउन भनिएको छ ।
सबै तहका पार्टी कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक जीवनका अगुवा र स्थानीय सञ्चारमाध्यमसँग समन्वय गरी कोरोना भाइसरबाट बच्ने उपायका सम्बन्धमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न पार्टीले सर्कुलरमा उल्लेख गरेको छ ।