फागुन २ गते बस्ने प्रतिनिधि सभा बैठक स्थगित गर्न एमालेको आग्रह

FILE PHOTO

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधि सभा बैठक स्थगित गर्न आग्रह गरेको छ ।

फागुन १ र २ गते पार्टीको प्रदेश अधिवेशन भएकोले एमालेले त्यो मितिमा बैठक नराख्न भनेको हो । बैठक स्थगितका लािग प्रतिनिधि सभाका सचिव र महासचिवलाई जानकारी गराए पनि जवाफ जवाफ नआएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

पार्टीले कारबाही गरेका १४ सांसदको सूचना नटाँसेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ। बैठक चलाउन १४ सांसदलाई कारबाही सूचना टाँस्नु पर्ने वा सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सम्झौता टेबल गर्न चाहेका छन् । सत्तारूढ गठबन्धनका दलहरूबीच नै कुरा नमिलेकाले बैठक सरेको स¥यै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्