काठमाडौं – दार्चुलाको महाकाली नदीमा पक्की मोटरेबल पुल बन्ने भएको छ । नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने गरी पुल बनाउने परियोजनाबारे मंगलबार नेपाल र भारतबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठ र भारतीय राजदूत विनयमोहन क्वात्राले एमओयूमा हस्ताक्षर गरेका हुन् ।
दुवै देशका सरकारले प्राथमिकताका साथ अघि सारेको यो परियोजनाको काम चाँडै शुरु हुने समझदारी पत्रमा उल्लेख छ ।