आहा रारा गोल्डकप : सङ्कटालाई ४–१ गोलले हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनलमा

कास्की – आहा रारा गोल्डकप फुटबल अन्र्तगत सङ्कटा क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा सोमवार भएको खेलमा सङ्कटालाई ४–१ गोलले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो ।

मच्छिन्द्रका लागि मेसुके ओलोमाउले दुई तथा उत्सव राई र अविशेक गुरुङले एक/एक गोल गरे । सङ्कटाका गणेश हमालले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।

हारसँगै सङ्कटा प्रतियोगिताबाट बाहिरिएको छ । मच्छिन्द्रले सेमिफाइलनमा एपीएफ क्बलसँग खेल्नेछ । सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगितामा कुल १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेता टोलीले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्