लुटपाटमा संलग्न पक्राउ

पठाओ राईडर काठमाडौं बस्ने २५ वर्षीय प्रबिन राईको प्रदेश ०२–०१–००१ प ११६६ नम्बरको मोटरसाइकल, सोही मोटरसाइकलको ब्लु बुक र १ थान मोबाइल समेतका धनमाल लुटपाट भएको घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर–२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका–३ घर भएका २६ वर्षीय मिनराज राई रहेका छन् ।

कोटेश्वरबाट धापाखेल लगिदिन भनि सुमनले शनिबार राति प्रबिनलाई अनुरोध गरेपछि प्रबिनले आफ्नो मोटरसाइकलमा राखी कोटेश्वरबाट धापाखेलस्थित आँखिदहमा पु¥याउँदा सोही स्थानमा पर्खि रहेका मिनराज समेतले प्रबिनलाई कुटपिट गरी हात खुट्टा समेत बाधी पीडितको उक्त मोटरसाइकल लगायतका धनमाल लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट र महानगरीय प्रहरी परिसरबाट खटिएको संयुक्त प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई काठमाडौं बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुम नजिकैबाट लुटपाट भएका सामान सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्