ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द

काठमाण्डौ – ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ ।

महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगरप्रहरीले दिने सेवा बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताउनुभयो ।
महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले आजदेखि ५ दिनका लागि महानगरपालिकाबाट दिइने सेवा पाँच दिनका लागि बन्द भएको हो ।

धेरैजसो कर्मचारीलाई सङ्क्रमण भएकाले आलोपालो सेवा दिने अवस्थासमेत नरहेकाले आजदेखि शुक्रवारसम्म महानगरपालिका बन्द गर्नु परेको उहाँले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्