काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।
सम्बोधन गर्दै उहाँले सबै नागरिकमा कोरोनाविरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको र नागरिकको स्वास्थ्य सुरक्षामा सरकार गम्भीर रहेको बताउनुभयो । खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उहाँको भनाइ छ ।
यस्तै उहाँले कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि साधन तथा श्रोतको अभाव हुन नदिन सबैखाले संयन्त्रलाई चुस्त दुरुस्त बनाइएको दाबी गर्नुभयो । गएको कात्तिकमा बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने काम अघि बढेको उहाँको भनाइ छ । साथै प्रधानमन्त्री देउवाले किसानलाई मल/बीउको कमी हुन नदिन सरकारले हरसम्भव प्रयत्न गरिरहेको दाबी समेत गर्नुभयो ।
सम्बोधनको पूर्णपाठ