प्राकृतिक विपत्तीको सामाना गर्दै आइरहेको नौगाड गाउँपालिका किन परेन संकटग्रस्त क्षेत्रमा ?

सरकारले सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । प्राकृति विपत्तीको सामाना गरेका २० स्थानीय तहलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै हालै देशभरिका ३३ स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

जसमा प्राकृतिक विपत्तीको चपेटामा परेको दार्चुलाको नौगाड गाउँपालिका भने समेटिएको छैन । बिक्रम संवद २०७० साल, २०७४ साल, २०७६/७७/७८ साल तथा त्यो भन्दापनि पहिले दैखि नै बर्षातको समयमा पटक पटक बाढीपहिरोबाट ठुलो क्षति बेहोर्दै आइरहेको नौगाड गाउँपालिकामा यो बर्षपनि बाढी र पहिरोमा परि दर्जनौँ व्यक्तिले ज्यान गुमाएको र कयौँ घरवार विहिन भएको अवस्थामा सरकारले छनौट गरेका पालिकामा यो गाउँपालिका भने समेटिएको देखिदैन । संकटगस्त पालिकाको रुपमा नौगाड समावेश नभएको भन्दै गाउँपालिकाका अध्यक्ष प्रेमसिँह धामीले घोर आपत्ती जनाएको छ । यसलाई यथाशिघ्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारको ध्यानाकर्षण समेत गरेको छ ।

सरकारले डोटीका दीपायल सिलगढी नगरपालिका, केआईसिंह, आदर्श, जोरायल र सायल गाउँपालिका र डडेल्धुराका नवदुर्गा, अमरगढी, आलिताल , गन्यापधुरा र परशुराम गाउँपालिका सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन् । यसका साथै बझाङका थलारा, वित्थडचिर , खप्तडछान्ना र जयपृथ्वी गाउँपालिका, बैतडीका सिगास र शिवनाथ गाउँपालिका, दार्चुला दुहुँ र अपिहिमाल गाउँपालिका र बाजुराका हिमाली र जगन्नाथ गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका छन् ।
गृहमन्त्रालयले २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण सुदूरपश्चिममा धनजनको क्षति भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्