काठमाडौं – विकासविज्ञ डा. सूर्यराज आचार्यले अहिलेका पार्टी जोगाउन शिक्षकलाई राजनीति गर्न दिनुपर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तर्क सही रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै डा. आचार्यले शिक्षा खत्तम नबनाई दलहरुलाई चाहिने विवेक र क्षमताविनाका बेकामे प्रमाणपत्रधारी उत्पादन नहुने भएकाले शिक्षकलाई राजनीति गर्न दिनुपर्ने व्यङ्ग्य गरे । निर्वाचन आयोगले शिक्षक र सरकारी कर्मचारीलाई पार्टीको सदस्यता नदिन मातहतका निकायलाई परिपत्र गरेसँगै प्रचण्डले मंगलबार शिक्षकलाई राजनीति गर्न दिनुपर्ने, नभए पार्टी प्रणाली कोल्याप्स हुने बताएका थिए ।
आचार्यले भने, ‘शिक्षकलाई राजनीति गर्न नदिए पार्टी सिस्टम कोल्याप्स हुन्छु भन्ने कुरा आएछ। अहिलेका पार्टी जोगाउनका लागि शिक्षकलाई राजनीति गर्न दिनु पर्ने कुरा चैं सहि हो । अनि मात्र शिक्षा झन् खत्तम हुन्छ, र अहिलेका दललाई चाहिने विवेक, क्षमता विनाका वेकामी प्रमाणपत्रधारी नागरिकको उत्पादन हुन्छ ।’
‘शिक्षकलाई राजनीति गर्न नदिए पार्टी सिस्टम कोल्याप्स हुन्छ’ भन्ने कुरा आएछ।
अहिलेका पार्टी जोगाउनका लागि शिक्षकलाई राजनीति गर्न दिनु पर्ने कुरा चैं सहि हो। अनि मात्र शिक्षा झन् खत्तम हुन्छ, र अहिलेका दललाई चाहिने विवेक/क्षमता विनाका वेकामी प्रमाणपत्रधारी नागरिकको उत्पादन हुन्छ।— Surya Raj Acharya (@SuryaRAcharya) November 24, 2021