काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशन अन्तर्गत सह–सचिवका लागि जयानन्द जोशीले उम्मेदवारी दिएका छन् । जोशी सहित ५जना सह–सचिवका आकांक्षी छन् । जसमा जयानन्द जोशी, राजेन्द्र प्रसाद जोशी, राजु अवस्थी, सुना बोहरा र सन्तोष दयालीले मंगलबार सह–सचिव पदका लागि मनोनयन पत्र दर्ता गराएका छन् । जोशी शैल्यशिखर नगरपालिका–७का वडाअध्यक्ष समेत हुन् । लामो समयदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा रहेको नेता जोशी स्पष्ट र प्रखर बक्ताका रुपमा चिनिन्छन् । नेता जोशीले पाटीलाई चलायमान बनाउदै समुदाय स्तरमा संगठन विस्तार गरि देशमा सुशासन र विकासलाई तिव्र गतिमा लैजान आफुले उम्मेदवारी दिएको बताए । उनले सम्पूर्ण मतदाताहरुलाई मतदान गरेर सहयोग गर्न समेत अनुरोध गरेका छन् ।
यस्तै सभापतिका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् । सभापतिका लागि बर्तमान सभापति ललितसिह बोहरा र उप–सभापति एवं शैल्यशिखर नगरपालिका प्रमुख अमरसिह धामीले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै मंगलबार दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म मनोनयनका लागि दिइएको समयमा ९ जनाले उपसभापतिमा नाम दर्ता गराएका छन् । उपसभापति पदका लागि उमेशसिह खत्री, मान बहादुर बम, महेन्द्रराज जोशी, सन्तोष ऐतवाल, लालसिह धामी, ललितसिह ठगुन्ना, पदमराज पन्त र महादेव बडूले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस सचिवका लागि ७ जनाले मनोनयन पत्र दर्ता गरेका छन् । जसमा माधवराज भट्ट, पुलेन्द्र बहादुर कार्की, उपेन्द्रसिह धामी, महेन्द्र प्रसाद बडू, देवसिह धामी, महेशसिह धामी, बीरबहादुर डडाल रहेका छन् ।
यस्तै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन बुधवार बिहान ९ः३० बजे र मतदान बिहान ११ः३० देखि बेलुकी ५ः३० बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
काँग्रेस दार्चुलाको ७ औँ जिल्ला अधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कानून न्यान तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले मंगलवार उद्घाटन गरेका छन् । उद्घाटन शत्रपछि काँग्रेस दार्चुलाको बन्द शत्र सुरु भएको थियो । बन्द शत्रमा सहमतिका लागि छलफल भइरहेको काँग्रेसले जनाएको छ ।