साफ च्याम्पियनसिपमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

माल्दिभ्समा जारी १३ औँ संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । आफु भन्दा धेरै बलियो टोली भारतसँग नेपालले आज प्रतिस्पर्धा गर्न लागेको हो । आजको खेलमा नेपालले भारतसँग बराबरी मात्र खेलेपनि साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पुग्नेछ । यस अर्थमा पनि आजको खेललाइ महत्वपुर्ण रुपमा हेरिएको छ ।

नेपालले हालसम्म साफमा दुइ खेलमा जीत निकाल्दै ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । भारत भने २ खेलमा बराबरी खेल्दै चौथौ स्थानमा रहेको छ । भारत यसअघिको ७ पटकको साफ विजेता हो भने नेपालले अहिलेसम्म साफको उपाधि जीत्न सकेको छैन ।

भारतविरुद्ध नेपालले हालसम्म खेलेको २१ खेलमा भारतले १४ खेल जितेको छ भने नेपालले दुई खेल जित्दा ५ खेल बराबरी खेलेको छ । खेल नेपाली समय अनुसार आज बेलुकी ९ः४५ बजे खेल हुँदैछ ।–

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्