काठमाण्डौ – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सले अङ्क बाँडेका छन् । वर्षाका कारण खेल प्रभावित हुँदा पोखरा र भैरहवाले एक–एक अङ्क बाँडेका हुन् ।
आज त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १० ओभर १ बलमा सात विकेट गुमाएर ६५ रन बनाउँदा खेल वर्षाका कारण रोखिएको थियो । वर्षा नरोकिने अवस्था देखिएपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका हुन् ।