मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ । लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १३२ रुपैयाँ ६९ पैसा देखि अधिकतम ३९८.०७ प्रसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोमबार देखि लघुवित्तको शेयर कारोबार हुनेछ ।