काठमाडौं –चाडपर्व नजिकिएसँगै चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन प्रहरीले आग्रह गरेको हो ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरबेटीहरूलाई डेरावाल व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ ।
यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक–पटक देखिए निग्रानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ ।