काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ ।
आइतबार विहान १० बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा बैठकले छलफल गर्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरोध गरिरहेको छ ।