हेटौंडा – बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
फुँयाललाई प्रदेश प्रमुख बिष्णु प्रसाईंलेले शपथ खुवाएका हुन् । फुँयालले सपथ आजै लिए पनि पदभारग्रहण मंगलबार गर्ने तय भएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले फुँयाललाई सोमबार मन्त्री नियुक्त गरेका थिए ।
यसअघिका मन्त्री केशव स्थापित बर्खास्त भएपछि रिक्त रहेको मन्त्रालयमा मुख्यमन्त्री पौडेलले फुँयाललाई नियुक्त गरेका हुन् ।
बागमती प्रदेश संसदका नेकपाका प्रमुख सचेतकसमेत रहेका फुँयाल प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट नेता हुन् ।
यसअघि संविधानसभा सदस्यसमेत भइसकेका फुँयाल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वा्चित भएका हुन् ।