काठमाडौं – सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापाले उपभोक्ता समितिको अध्यक्ष पनि आफैं बनेरे खानेपानी योजनामा कीर्ते गरेको खुलेको छ ।
जिल्ला खानेपानी योजनाको कागजपत्र नक्कली बनाएर कामै नगरी ६ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।
अख्तियारले रकम हिनामिनामा संलग्न भएको आरोपमा वडाध्यक्ष थापासहित लिसंखुपाखर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरन्जन पाख्रिन, तत्कालीन लेखापाल सुरेन्द्रबहादुर तितजुका, तत्कालीन असिस्टेन्ट सव–इन्जिनियर लिलबहादुर पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको हो ।
यो प्रकरणमा अख्तियारले वडा नम्बर ५ का बाबुलाल जोशी र दल बहादुर श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो । पछिल्लो समय जनप्रतिनिधि भ्रष्टाचार मुद्दामा पर्ने क्रममा बढेको अख्तियारले जनाएको छ ।