कुवेतमा ढिस्कोले पुरिएर मृत्यु तथा घाइते भएका नेपालीको अवस्थाबारे सरकारसँग जानकारी माग गरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेर घटनाको यथार्थ जानकारी गराउन भनेको आयोगले निकालिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएकोक छ ।
माघ २९ गते कुवेतमा ढिस्कोमा पुरिएर छ जना नेपालीको मृत्यु भएका समाचार आएका छन् ।
कति जना नेपाली घाइते भए भन्ने विवरण आएको छैन ।
आयोगले वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा तथा मानव अधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना बनाउन पनि सरकारलाई आग्रह गरेको विज्ञप्तीमा उल्लेख छ ।
‘उक्त घटनामा घाइते भएकाहरूको प्रभावकारी र निस्शुल्क उपचार गर्न, आवश्यक राहत क्षतिपूर्ति उपलब्ध गराउन तथा निजहरूको सांस्कृतिक अधिकारसहितको संरक्षण हुने गरी आवश्यक व्यवस्था मिलाउन आयोग आग्रह गर्दछ,’ भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।