आक्रमणबाट गम्भीर घाइते भएकी पुर्वसचिव कार्कीकी श्रीमती को निधन

काठमाण्डौ – आक्रमणबाट गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको पनि ज्यान गएको छ ।

स्टार अस्पतालमा उपचारका क्रममा उहाँको ज्यान गएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

ललितपुर महानगरपालिका २ सानेपामा रहेको आफ्नै घरमा बिहान मुना घाइते अवस्थामा र उहाँको घरमा काम गर्ने विजय चौधरी मृत अवस्थामा भेटिएका थिए । चौधरीले मुनालाई आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहले उज्यालोलाई जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्