काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २७ गतेका लागि संसदको अधिवेशन बोलाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसदको बैठक डाक्न सिफारिस गरे अनुसार उहाँले सो अधिवेशन आव्हान गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।