सुदूरपश्चिम प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली बेदकोट नगरपालिका जाने भएका छन् ।
सोमबार हुने सिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओली त्यस क्षेत्र जान लाग्नुभएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ ।
पहिलो पटक प्रदेशमा निर्माण हुने औद्योगिक क्षेत्रको प्रदेशको मात्रै नभई मुलुकै व्यापार घाटा कम गर्न मद्दत गर्ने मन्त्री भट्टको विश्वास छ ।
९ अर्ब लगानीमा ५ वर्ष भित्र औद्योगिक क्षेत्र निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।
तस्बिर : प्रकाश कलाैनीको सामाजिक सञ्जाल फेसबुकबाट