धनुषामा अवैध बालुवा, गिट्टी उत्खननकाे विराेध गर्दा एक युवाकाे निर्ममतापूर्वक हत्या

धनुषाकाे मिथिला नगरपालिकाकाे औरही खोलामा भइरहेकाे अवैध बालुवा, गिट्टी उत्खननकाे विराेध गर्ने युवा अभियन्ता ‘ओमप्रकाश’ भनिने दिलिपकुमार महतोको बीभत्स हत्या गरेकाे छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कर्णेल र जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार निर्ममतापूर्वक हत्या गरी घटनालाई दुर्घटनाकाे रुप दिन टिप्परले किचिएकाे निष्कर्ष निकालेकाे छ ।

प्रहरीले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेकाे छ । पक्राउ पर्नेमा चुरियामाई बालुवा गिट्टी प्रशाेधन केन्द्रका सञ्चालक विपिनकुमार महतो, महोत्तरी बर्दिबास ९ का टिप्पर चालक मुनिन्द्र महतो, बर्दिबास २ का लोडर चालक जितेन्द्रकुमार महतो र स्थानीय मृतकका साथी रोशन कुमार यादव रहेका छन् । फलामको लिभरले दाहिने कोखामा घोचेर हत्या गरेकाे र घटनालाई दुर्घटनाको रुप दिन टिप्पर चलाइएको प्रारम्भिक अनुसन्धान देखिएको हो । प्रहरीले बिना मुचुल्काको शव उठाएको भन्दै स्थानीय र आफन्त आक्राेशित भएका थिए । त्यसपछि प्रहरीले आरोपितहरु पक्राउ परिसकेको र उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता पश्चात पीडितहरुको जाहेरीपछि शनिबार बेलुका शवको पोष्टमार्टम भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्