ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन निर्वाचित, चीनलाई धक्का

ताइवानको राष्ट्रपतिमा साइ इङ्ग विन निर्वाचित भएकी छन् । शनिबार भएको निर्वाचनमा उनी ५७ प्रतिशत भोट सुनिश्चित गर्दै राष्ट्रपति चुनिएकी हुन् । राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साइ इङ्ग विन र कुमिन्तांग पार्टीका नेता खान ग्वो यी मुख्य प्रतिस्पर्धी थिए ।

राष्ट्रपतिमा साइ इङ्ग विनको विजयलाई चीनको हारको रुपमा लिइएको छ । किनभने उनले हङकङमा भएको प्रदर्शनको समर्थन गरेकी थिइन् । उनले चीन र ताइवानबीच मौजुदा स्थितिको समर्थन गर्दछिन् र चीनसँग निकट सम्बन्ध राख्न चाहँदैनिन् । अर्कोतर्फ उनका प्रतिस्पर्धी खान ग्वो यीले भने चीनसँग सम्बन्ध सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसैले यो चुनावको परिणामलाई चासोका साथ हेरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्