धनुषाकाे मिथिला नगरपालिकाकाे औरही खोलामा भइरहेकाे अवैध बालुवा, गिट्टी उत्खननकाे विराेध गर्ने युवा अभियन्ता ‘ओमप्रकाश’ भनिने दिलिपकुमार महतोको बीभत्स हत्या गरेकाे छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कर्णेल र जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार निर्ममतापूर्वक हत्या गरी घटनालाई दुर्घटनाकाे रुप दिन टिप्परले किचिएकाे निष्कर्ष निकालेकाे छ ।
प्रहरीले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेकाे छ । पक्राउ पर्नेमा चुरियामाई बालुवा गिट्टी प्रशाेधन केन्द्रका सञ्चालक विपिनकुमार महतो, महोत्तरी बर्दिबास ९ का टिप्पर चालक मुनिन्द्र महतो, बर्दिबास २ का लोडर चालक जितेन्द्रकुमार महतो र स्थानीय मृतकका साथी रोशन कुमार यादव रहेका छन् । फलामको लिभरले दाहिने कोखामा घोचेर हत्या गरेकाे र घटनालाई दुर्घटनाको रुप दिन टिप्पर चलाइएको प्रारम्भिक अनुसन्धान देखिएको हो । प्रहरीले बिना मुचुल्काको शव उठाएको भन्दै स्थानीय र आफन्त आक्राेशित भएका थिए । त्यसपछि प्रहरीले आरोपितहरु पक्राउ परिसकेको र उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता पश्चात पीडितहरुको जाहेरीपछि शनिबार बेलुका शवको पोष्टमार्टम भएको छ ।