यतिले निर्माण गरिरहेको दरबारमार्गको भवन निर्माण तत्काल राेक्न उच्च अदालत पाटनकाे अल्पकालीन आदेश

नेपाल ट्रष्टको स्वामित्वको जग्गामा यति समूहले निर्माण गरिरहेको दरबारमार्गको भवन निर्माण प्रक्रिया तत्काल यथास्थितिमा राख्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ ।
मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि नै सम्झौता सार्वजनिक खरिद ऐन र नियमावली प्रतिकूल देखिएको भन्दै पक्षलाई छलफलमा बोलाएको छ । माघ १ गते अदालतले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले अल्पकालीन अन्तरिम आदेशसँगै इजलासले दुबै पक्षलाई छलफलमा बोलाएको बताउनुभयो । यस्तै, अदालतले निवेदनमा उठाइएका विषय सार्वजनिक सरोकारसँगै गम्भीर कानुनी प्रश्नसमेत जोडिएको भन्दै उच्च अदालत बार एशोसिएसनसँग एमिकसको सहायता पनि मागेको छ ।
दुबै पक्षको छलफलपछि अल्पकालीन आदेशले निरन्तरता पाएमा रिटको अन्तिम टुंगो नलागेसम्म सम्झौता अनुसारको काम अघि बढ्ने छैन । आदेश खारेज भएमा भने सम्झौता कार्यान्वयन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्