लगातारको हिमपात र चिसोले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रको जनजीवन प्रभावित

लगातारको हिमपात र चिसोले सुदूरपश्चिम र कर्णाली प्रदेश उच्च पहाडी र हिमाली क्षेत्रको जनजिवन प्रभावित बनेको छ । लगातारको हिमपातले बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगु लगायतका जिल्लाको जनजीवन बढी प्रभावित छ । हिमपातले आवतजावतमा समस्या भएपछि केही गाँउसंगको सम्पर्क बिच्छेद भएको छ हाम्रा समाचारदाताले जनाएका छन् । निरन्तरको हिमपातले नेपालगञ्ज बाट हुने बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुको नियमित हवाइ उडान समेत बन्द भएका छन् । नेपालगञ्जबाट दैनिक ३० देखी ४० वटा सम्म हुने हवाइ उडान एकसता देखी बन्द भएको नागरीक उड्यन प्राधिकरण नेपालगञ्जले जनाएको छ । त्यसैगरी कतिपय सडकहरु बन्द भएका छन् । बाजुराको मार्तडी कोल्टि सडक एकसाता देखी बन्द भएको छ । बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह र हुम्ला र मुगुका केही क्षेत्रमा सञ्चार सम्पर्क बिहिन बनेका छन् । बाजुराको हिमाली भेगका बिद्यालय बन्द गरिएएका छन् भने जिल्लाका सबै बिद्यालयको पठनपाठनमा समस्या भएको जिल्ला शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीले वताउनुभयो । चिसोले हुम्ला, मुगु, जुम्ला, कालिकोटमा भाइरलका बिरामी समेत बढेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्