काठमाडौं – काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत एक चिकित्समाथि दुर्व्यवहार भएको छ ।
अस्पतालको कोभिड आईसीयूमा खटिएका डा. सविन भण्डारीमाथि दुर्व्यवहार भएको नेशनल रेजिडेन्स एसोसिएसनका महासचिव डा. सुमन दाहालले जानकारी दिनुभयो ।
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको आफन्तले मंगलबार डा. भण्डारीमाथि लात्ती प्रहार गरेको दाहालले बताउनुभयो ।