इराकमा शान्ति स्थापनाका लागि खट्नुभएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन

नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खट्नुभएका नेपाली शान्ति सेनालाई सतर्क रहन निर्देशन दिएको छ ।

अमेरिकी कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सेनालाई सतर्क हुन निर्देशन दिएको हो । सेनाले आज जारी गरेको विज्ञप्तिमा अहिलेसम्म नेपाली शान्ति सेना सकुशल रहेको पनि उल्लेख छ ।

त्यसैगरी, लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन, निरन्तर रुपमा अनुगमन गर्न र शान्ति सेनाको मिशन मुख्यालय र नेपाल सेना निर्देशानालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्