अब कर्मचारी भेट्न नपर्ने, श्रमिक छनोट प्रक्रिया र प्रमाणीकरण अनलाइन प्रणालीबाट

वैदेशिक रोजगार विभागले मागपत्रको प्रमाणीकरण र श्रमिक छनोट प्रक्रियाका काम सन् २०२० जनवरी १ देखि अनलाइन प्रणालीबाट सुरु गरेको छ । विभागले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्या्दित, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित यो प्रणाली लागू गरेको हो । विभागले बुधबारदेखि मलेसिया, यूएई र कुवेतका दूतावासबाट मागपत्रको स्वीकृति प्रमाणीकरणको काम सुरु गरेको जनाएको छ । विभागका अनुसार मलेसिया दूतावासले मङ्लबारदेखि नै १६÷१७ वटा मागपत्रका फाइल यो सिस्टमबाट आइसकेको जानकारी दिनुभयो । यूएई, कुबेतले पनि यो सिस्टमलाई लगइन गरिसकेको र कतार एवं कुबेतले यो सिस्टममा जानका लागि निकै चासो दिएर सोधखोज गर्ने काम भइरहेकाले सबै दूतावास यस सिस्टममा छिटै आउने विश्वास लिइएको छ । एफईआईएमएस पूर्ण रूपमा कार्यान्वयनमा आएपछि विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी, अध्यागमन विभाग, राहदानी विभाग, मेडिकल, बैङ्क, बीमा, अभिमुखीकरण, विदेशस्थित नेपाली नियोग एकैसाथ जोडिने छन् ।यो प्रणाली कार्यान्वयनपछि प्राविधिक रूपमा समस्या आउँदाबाहेक श्रमिकको श्रम स्वीकृति प्रक्रियामा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि र विभागका कर्मचारीबीच भेट नगरि काम सम्पन्न हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्