काठमाडौँ – प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ ।
आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो ।
उत्कृष्ट लोगोलाई ५० हजार रूपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने सूचनामा उल्लेख छ । लोगो प्रदेश लोक सेवा आयोगको कार्यालय वा इमेलमार्फत् पठाउन सकिनेछ ।
म्याद सकिएपछि प्राप्त हुने लोगोलाई प्रतिस्पर्धामा सहभागी नगराइने आयोगले प्रष्ट पारेको छ । सामुहिक रूपमा गरेको डिजाइनलाई मान्यता नदिने आयोगले जनाएको छ ।
लोगोमा सगरमाथा, लालीगुँरासलगायत प्रदेश नम्बर १ को चिनारी झल्किने कुनै सांकेतिक चिन्हको प्रयोग गरेको हुनुपर्नेछ ।
डिजाइनरले लोक सेवा आयोगको लोगोलाई आधारको रूपमा प्रयोग गरेको हुनुपर्नेछ ।
लोगोमा ज्ञानको कुनै संकेत हुने गरी किताव, कलमलगायत स्केत हुनुपर्नेछ । लोगो [email protected] मा पठाउन सकिनेछ।