CORONA

किवी र ड्रागनफ्रुटको परिचय, यसको अवस्था र अवसर

संगम बस्नेत, पोखरा

किवी [ Actinidia chinenis ] एक मध्य पहाडमा (१०००-२५०० मि.) फल्ने औसत आकारको लहरे फल हो । बाहिर खैरो रङ र भित्री रातो-हरियो हुने यो फल अण्डाकार भन्दा अलि लामो आकारको ४० देखि ९० ग्रामसम्म हुन्छ । ३० ओटा जिल्लामा फौलिएको यो फल चिनको रैथाने फल हो । चिनिया गुजवेरी [Chinese gooseberry] को नामले पनि त्यसैले चिनिन्छ । सन् १९५९मा न्युजिल्यान्डमा पुगिसकेपछि राष्ट्रिय चराको नाममा किवी रहन पुग्यो । ५ वर्षमा लहरामा पाक्ने यो फल एक पल्टमा ५०-८० के.जी सम्म हुन्छ । यसको मूल्य औसतमा रु. ३०० पर्छ भनेर इलाममा लामो समय खेति गरेका कृषक तारामणि खतिवडा बताउँछन् । अरु फलको तुलनामा यो नेपालको लागि बाह्य फल भएर पनि, यो एकदमै नयाँ हो । अत्याधिक पौष्टिक तत्व हुने यो फलमा पोटासियम तथा भिटामिन सि को मात्र अधिक हुन्छ । लहरे प्रजातिको यो फललाई खेति गर्नलाई ठाउँ ठुलै चाहिन्छ ।

ड्रागनफल (Hylocerus undatus) : यो फल भेटनरी डा.जगन्नाथ राईले पहिलो चोटि २०५७ सालमा अमेरिकाबाट भित्राएका हुन् ।यो फल भियतनाम र श्रीलंकामा अति प्रसिद्ध छ । ( रिजाल,२०१९) ।

अमेरिकाको रैथाने रहेको यो फल (cactus) सिउँडी प्रजातिमा पर्छ । यसको मूल्य यो फल्ने उमेरका आधारमा गरिन्छ । १ वर्षमा फल्ने रु. २०००,२ वर्षमा फल्ने रु. १००० र ४-५ वर्षमा फल्ने रु. ५०० रहेको छ । फलको आकार बाटुलो, प्रजाति अनुसार रङ फरक हुन्छ । हाल नेपालमा बोक्राको आधारमा ( बाहिरी भाग ) रातो, गुलाभी र पहेँलो गरेर तिन प्रकार पाइएको छ । ५००-८०० ग्राम यसको औसत तौल हो । ६-१२ महिना यसले फल दिन सुरु गरे पनि १ महिनाबाट नै यसलाई काटँछाट गर्नुपर्छ । यसको हाँगा केही समय पछि लम्बिन थाल्छ ,त्यसैले यसलाई सहारा दिनुपर्छ । सहारा दिनलाई प्रायजसो कुनै काठको खम्बा गाडिन्छ ।

अब यसको अवस्थाको बारेमा चर्चा गरौँ –

  • नेपालमा अझै पनि पुरै रुपमा फल किनेर खाने परम्परा बसेकै छैन ,घरमा भएको फल टिपेर खाने तर बाहिरबाट किनेर नल्याउने धेरैको घर देख्न पाइन्छ । यसको प्रमुख कारण नेपालीको आर्थिक स्थिति पनि हो । तर अत्याधिक फल फलेको स्थितिमा बेच्नुपर्छ भन्नि धारणा छैन हामीमा । नेपाल अझै २५% जनसङख्या गरिबीको रेखा मुनि छ । (२०१०,एसिएन विकास बैेङ्क)
  • ३ करोड जनसङख्यामा ५० लाख पनि छैनन् दैनिक रुपमा फलफुल किनेर खाने । ग्रामीण क्षेत्रमा अझ कम छ ।
  • नेपालहरु स्वादका बढी नै पारखी छौ,त्यसैले पनि खुरर्पानी, हलुवावेद जस्ता धेरै फलफुल मान्छेले चाखेका छैनन् ,कति त यस्ता छन् जसले सुनेका पनि छैनन् । हाम्रो जिब्रो केवल आँप र अङगुर मात्र छ ।
  • केहि फलफुलका बोटहरु घरमा नरोपिएका होइनन् तर फलफुलको महत्व भन्दा पनि साँस्कृतिक पहिचानका लागि बोटहरु रोपिन्छ ।उदाहरणार्थ,केराको बोटको हिन्दू परम्परामा धेरै महत्व छ । तिहारमा भाइटिकादेखि विवाहको मण्डप बनाउनसम्म यसको प्रयोग हुन्छ । त्यस्तै नेवार जातिमा वेलसित विवाह गर्दिने पनि परम्परा छ ।
  • भौगोलिक स्थितिको विवधताले यातायातको व्यवस्था एउटा जटिल समस्या हो । फलफुलको ओसारप्रसार गर्दा दुरी र फलफुल बिच बाटोमा नै कुहिने डरले पनि फलफुललाई व्यवसायिक गर्न सम्भव हुँदैन। अत्याधिक पानी हुने फलफुल अझ चाडो कुहिन्छन् ।
    यतिका फलफुल सम्बन्धि समस्याहरु पहिल्यै हुँदै गर्दा पनि किवी र ड्रागनफल कसरी बेच्नी ? हुन त, आफैँ लगानी गरेर नाफा कमाउनी किसान नभएका पनि होइनन् तर ती प्राय विदेशबाट फर्किएका कामदारहरु बढि छन् । नेपालमै बस्दै आएका मध्यम तथा निम्नवर्गहरु लाई अझै गाह्रो छ ।

तर पनि किवी र ड्रागनफल खेतीलाई समृद्ध गर्न के के गर्न सकिन्छ ?

  • विचौलिया समस्या अत्याधिक मात्रमा नेपालमा छ,त्यसैले सरकारी निकायबाट फलफुल बेच्ने व्यवस्था गर्नुपर्छ जसले गर्दा किसान उचित मूल्य पाउन सकुन् । चितवनको रु ४० को गोलभेँडा डुम्रे पुग्दा १२० हुने विचौलियाकै प्रभावले हो ।
  • यातायातको व्यवस्थापन अर्को समस्या हो । किसानले आफैँ बोकेर फलफुल बेच्न भन्दा पनि ,सदरमुकाम सम्म फलफुल ओसार गर्ने र त्यहाँबाट फलफुल प्रसार गर्ने थालनी गर्नुपर्छ । फलफुल कुहिने डर भएको स्थितिमा किसानलाई रसायनको मिश्रण गरेर जोगाउने तरिका सिकाउनुपर्छ । किसानको सहायताको लागि उर्ताद्धतिर नमूनाको रुपमा जानकारी दिएको छ ।
  • सानो लगानी गर्ने किसानले सामूहिकरुपमा खेती गर्नुपर्छ जसले गर्दा लगानीेबाट नोक्सान हुने सम्भावना कम होस् । एसोसियनसित आबद्ध रहेर पनि यसबाट नाफा लिन सकिन्छ ।
  • पर्यटकहरु नँया – नँया स्वादका सौखिन हुन्छन् ,त्यसैले सामूहिक किसान मिलेर पर्यटक व्यवसायीसित सम्पर्क गर्नुपर्छ । पोखरा, काठमाडौँ, जिरी, नगरकोट, इलाम जस्ता ठाउँ क्षेत्रहरु किवी र ड्रागनफलका उचित बजार हुन सक्छन् । गर्मीको समयमा फिरन्ते पर्यटकका लागि सलाद र जुसको रुपमा यो अति प्रयोग गर्न सकिन्छ ।
  • सस्तो दरमा किसानलाई लगानी मिलेन भने ब्याजले कृषकलाई मार पर्छ । त्यसैले किसानलाई तालिमको साथसाथै सस्तो दरमा कर्जा दिने व्यवस्था गरोस् ।
  • कहिलेसम्म हामी अर्काको देशलाई सम्पन्न बनाउदै,हामी कङगाल हुने ? नाङ्गा डाँडा र पाखामा यस्ता प्रोटिनयुक्त फलफुल नरोपे के रोप्ने ? नेपालको खेतिगर्ने मिल्ने जमिन ७ % त अझै बाँझो छ । क्षेत्रफल बढे पनि उत्पादकत्व ८.८९ बाट झरेर ८.११ मा पुगेको छ ।
  • सरकारले कार्यकारी निकायबाट,फलफुलको बीउ ( विरुवा ) को व्यवस्थापन ,निरन्तर रेखदेख गरेर कृषकलाई हौसाउने प्रशिक्षकको उपलब्धताको जिम्मा मात्र नलिई सिँचाइको पनि उचित बन्दोबस्त गरोस् । विश्व बैङ्कको सर्वेक्षण अनुसार जम्मा २९.७४% को कृषि जमिनले सिँचाइको व्यवस्था पाएको छ ।

(थोपा सिँचाइ सबैभन्दा बढि उपयोगी सिँचाइ मानिन्छ । पाइपमा प्वाल पारेर सिधै बोटको जरामा नै पानी पु¥याइन्छ यो पद्धतिमा जसले गर्दा पानीको खपत मात्र नभइ पोषणतत्व पनि बिरुवाले सजिलै पाउँछ ।)

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्